Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको सेयरधनीलाई आज महत्वपूर्ण दिन,आम्रपाली ब्यांक्वेटमा हुँदै छ यस्तो..

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, ०८ : ३३ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको सेयरधनीलाई आज महत्वपूर्ण दिन,आम्रपाली ब्यांक्वेटमा हुँदै छ यस्तो..

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको साधारण सभा आज कात्तिक २५ गते बस्दै छ। सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद गरी कुल १०.५२६% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते  बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीलेहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको