Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चमा नियुक्त भए ६ न्यायाधीश

अर्थ संसार

बुधबार, ०४ पुस २०८०, १६ : ३९ मा प्रकाशित

सर्वोच्चमा नियुक्त भए ६ न्यायाधीश

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् ।

नियुक्त हुने न्यायाधीशहरुमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनील कुमार पोखरेल र टेक प्रसाद ढुङ्गाना रहेका छन् । न्यायपरिषद्ले सिफारिस गरि संसदीय सुनुवाइपश्चात् उनीहरु सर्वोच्चमा नियुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् । नियुक्त भएका पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् भने बाकिँ चार जना उच्च अदालतका न्यायाधीश हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको