Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, ०८ : ३३ मा प्रकाशित

राधी विद्युतले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

राधी विद्युत कम्पनीले लाभांश घोषणा गर्दै साधारणसभा बोलाएको छ। 

कम्पनीको पुस ७ गते (शनिबार) बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।

कम्पनी घोषणा गरेको लाभाश पारित गर्न  पुस २९ गते वार्षिक साधारणसभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट बोलाएको छ। सभामा कम्पनीको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव पनि राखिएको छ। 

साथै कम्पनीले पुस १५ गते बुक क्लोज तय गरेको छ। अर्थात पुस १४  गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरु मात्र कम्पनीले घोषणा गरेको तथा सभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको