मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले कम्पनीको तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।
कम्पनीको पुस ६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाडौंको महाराजगन्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस