Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादीले घोषणा गर्यो २.१०५ प्रतिशत नगद लाभांश

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, १० : २१ मा प्रकाशित

सुपर मादीले घोषणा गर्यो २.१०५ प्रतिशत नगद लाभांश

सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २.१०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी दुई अर्ब १० करोडको २.१०५ प्रतिशतले हुन आउने चार करोड ४२ लाख १० हजार पाँच सय २६ रुपैयाँ नगद लाभांश करसमेत गरि बाँड्न लागेको हो ।

यसैगरी बैठकले बैठकले पुस २८ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटेल इम्पेरियलमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको