Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १२ पुस २०८०, ०९ : २३ मा प्रकाशित

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर,आत्मनिर्भर लघुवित्त सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्त सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीको आज सम्म सेयर किन्ने या होल्ड गर्ने लगानीकर्ताले यी कम्पनीहरुले घोषणा गरेको लाभासं प्राप्त गर्ने देखि साधारणसभामा भाग लिन पाउनेछन। 

आइसिएफसि फाइनान्स र सिक्लेस हाइड्रोपावरले पुस १३ गते बुक क्लोज गर्दैछन् भने आत्मनिर्भर लघुवित्त, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले भने पुस १६ गते बुकक्लोज गर्दैछन्।

आइसिएफसि फाइनान्स

आइसिएफसि फाइनान्सले पुस २९ गते, आइतबार, आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६।५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सिक्लेस हाइड्रोपावर
सिक्लेस हाइड्रोपावरले पुस २७ आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।'/'

आत्मनिर्भर लघुवित्त
आत्मनिर्भर लघुवित्तले पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्तले पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान साढे ९ बजे आफ्नो नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साना किसान लघुवित्त
साना किसान लघुवित्तले पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा  बिहान ११ बजे आफ्नो २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको