Like us!
Follow us!
Connect us!
Watch us!

जनतालाई लोडसेडिङमै राखि उद्योगले लिएको डेडिकेटेड तथा ट्रंक लाइनको तथ्यांक सुरक्षित छ : विद्युत प्राधिकरण

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १५ : ०६ मा प्रकाशित

जनतालाई लोडसेडिङमै राखि उद्योगले लिएको डेडिकेटेड तथा ट्रंक लाइनको तथ्यांक सुरक्षित छ : विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गरि उद्योगले लिएको डेडिकेटेड तथा ट्रंक लाइनको तथ्यांक सुरक्षित रहेको जनाएको छ । प्राधिकरणका प्रमुख कुलमान घिसिङले पत्रकार सम्मेलनमार्फत विज्ञप्ति बारे जानकारी दिइरहेका छन् ।

पछिल्लो समय प्राधिकरणले बिगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरुको विद्युत आपूर्ति बिच्छेद गरिएपछि भएका टिकाटिप्पणी लक्ष्यित गर्दै पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

विज्ञप्तिमा बिगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकरुलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको जनाइएको छ । उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत लाइन बिच्छेद गर्न सुरु गरिएको जनाइएको छ ।

विज्ञप्तिमा आम सर्वसाधारण उपभोक्ताले बिगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेकोबेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका उल्लेख गरिएको छ । त्यसरी विद्युत उपभोग गर्ने २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका जनाइएको छ ।

डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्व २४ करोड रुपैयाँ रहेको उल्लेख गर्दै यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन बिच्छेद गरिएका ९ वटा ठूला उद्योगहरुको रहेको प्राधिकरणले जनाएको छ । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमश : विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको पनि जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको