Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका ६ कम्पनीको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १७ : ४६ मा प्रकाशित

नेप्सेका ६ कम्पनीको बोनस पछि मूल्य समायोजन

नेप्सेमा सूचीकृत ६ कम्पनीले घोषणा गरेको बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीमा हिमालयन डिस्टीलरी, राधी हाइड्रो, साना किसान लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र आत्मनिर्भर लघुवित्त रहेका छन् ।

नयाँ समायोजित मूल्य अनुसार अब सोमबार हिमालयन डिस्टीलरीको सेयर कारोबार १७२५.४५ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर १८९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर र १५ नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी राधी हाइड्रोको सोमबार सेयर कारोबार २२८.६४ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर २३९.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी साना किसान लघुवित्तको सोमबार सेयर कारोबार ८८८.३२ रुपैयाँमा खुल्ने भएको छ । आज उक्त कम्पनीको प्रति सेयर १०१४.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

घोराही सिमेन्टको सोमबार सेयर कारोबार ५०२.६१ रुपैयाँमा खुल्ने भएको छ । आज उक्त कम्पनीको प्रति सेयर ५७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १५ प्रतिशत बराबरको बोनस सेयर लाभांश वितरण गर्दैछ ।

यसैगरी सपोर्ट लघुवित्तको सोमबार सेयर कारोबार ९५५.७५ रुपैयाँमा खुल्ने भएको छ । आज उक्त कम्पनीको प्रति सेयर १०८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १३ प्रतिशत बराबरको बोनस सेयर र ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी आत्मनिर्भर लघुवित्तको सोमबार सेयर कारोबार १६५९.०९ रुपैयाँमा खुल्ने भएको छ । आज उक्त कम्पनीको प्रति सेयर १८२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ सबै कम्पनीहरुले आगामी कारोबार मिति पुस १६ गते अघि नै बुकक्लोज गर्दैछन् । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको