Like us!
Follow us!
Connect us!
Watch us!

नाम नै सार्वजनिक गर्दै प्राधिकरणले भन्यो यी ६१ उद्योगले तिरेनन् २२ अर्ब २४ करोड रुपैयाँ (नाम सहित)

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १८ : ३२ मा प्रकाशित

नाम नै सार्वजनिक गर्दै प्राधिकरणले भन्यो यी ६१ उद्योगले तिरेनन् २२ अर्ब २४ करोड रुपैयाँ (नाम सहित)

नेपाल विद्युत प्राधिकरणले एक तथ्यांक सार्वजनिक गर्दै २०८० मंसिर मसान्तसम्म ६१ वटा उद्योगहरुले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता राखेको बताएको छ । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ६१ वटा उद्योगहरूले प्राधिकरणलाई २२ अर्ब रुपैयाँ भन्दा माथि भुक्तानी गर्न बाँकी बताएको हो। 

कोशी प्रादेशिक कार्यालय विराटनगरमा विभिन्न ७ वटा ठूला उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत प्रयोग गर्दै  ३ अर्ब रुपैयाँ बराबरको बक्यौता राखेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार बाबा जुट मिल, रघुपती जुट मिल, उदयपुर सिमेन्ट उद्योग, रिलायन्स स्पिनिंग मिल्स, निगाले सिमेन्ट प्रालि., अरिहन्त मल्टीफाइवर लि., अरिहन्त पोलीप्याकको गरी कुल २ अर्ब ९७ करोड ९८ लाख ९८ हजार रुपैयाँ बक्यौता राखेको छ ।

तेस्तै मधेश प्रदेश कार्यालय जनकपुरमा विभिन्न २१ वटा उद्योग मारुती सिमेन्ट प्रालि.,डाबर नेपाल प्रालि., त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, त्रिवेणी स्पिनीङ्ग मिल्स, नारायणी स्पात मिल्स, जगदम्बा स्टिल, जगदम्बा इन्टर प्राइजेज, अशोक स्टिल हुलास स्टिल, हामा आइरन, सूर्य नेपाल, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट फ्याक्ट्रीको ९ अर्ब ५४ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको बक्यौता बक्यौता तिर्न बाँकी प्राधिकरणको ठहर छ। 

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडाैं युनाइटेड सिमेन्ट प्रालि., शिवम् सिमेन्ट र हेटौडा सिमेन्टको गरी कूल २ अर्ब ६३ करोड ६६ लाख ७७ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणले हिसाब देखाएको छ । 

लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा कुल ४  अर्ब ७२ करोड ५२ लाख ६५ हजार रुपैयाँ बाँकी रहेको छ । नेपाल टेलीकम मश्याम ,सिता फूड इन्डस्ट्रीज ,जि.बि. टेक्सटाइल,नारायण रवर उद्योग,अर्घाखांची सिमेन्ट इन्डस्ट्रीज, विशाल सिमेन्ट, इन्डस्ट्रीज ,शुभश्री अग्नी सिमेन्ट प्रा ली,एभरेष्ट रोलिंग मिल, सोना पोलिमर्स,विनायक स्पात प्रा. लि.,जगदम्बा सिन्थेटिक,एस. आर फुड्स,घराना फुड्स,सिद्धार्थ पेटप्लास्ट,सोना प्याकेजिंग,श्री गोयन्का फुडस, रुपन्देहीश्री भलवारी स्वचालित कारखाना,श्री श्याम प्लास्टिक उद्योग,श्री पन्चकन्या प्लाष्टिक ईण्डष्ट्रिज, श्री पन्चकन्या स्टिल ईण्डष्ट्रिज, श्री एस. आर. स्टिल इन्डष्ट्रिज, श्री नव नेपाल प्लाष्टिक ईण्डष्ट्रिज, श्री शुभ लक्ष्मी पोलिमर्स,श्री नेशनल रवर ईण्डष्ट्रिज,श्री जय दुर्गा प्लाष्टिक ईण्डष्ट्रिज,श्री यशोदा फुड प्रा. लि.,श्री ए. जी. हेल्थ ईण्डष्ट्रिज,श्री सर्वोत्तम सिमेन्ट,श्री बुटवल सिमेन्ट,श्री सिद्धि लक्ष्मी स्टिल ,श्री लक्ष्मी स्टिलले बक्यौता नतिरेको प्राधिकरणले बताएको छ। 

तेस्तै लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जमा कुल ७ अर्ब ८ करोड ७४ लाख ९० हजार रुपैयाँ बाँकी रहेको छ । सू.प. हवाई कार्यालय, सोनापुर मिनरल एण्ड आयल प्रा. लि.,घोराही सिमेण्ट उद्योग,सम्राट सिमेण्ट,रोल्पा सिमेण्टले पैसा नतिरेको प्राधिकरणको ठहर छ। 

प्राधिकरणले यी मध्य ९ वटा ठूला उद्योगहरूको लाइन  प्राधिकरणले काटि सकेको छ । अब प्राधिकरणले अन्यको पनि बक्यौता रहेका र यी उद्योगहरूको लाइन पनि क्रमशःकाट्दै जाने कार्यकारी निर्देशक कुलमान घिसिङले प्रेस मिटमा जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको