Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया लघुवित्तले सेयरधनीको खातामै पठायो नगद लाभांश, नआए के गर्ने ?

अर्थ संसार

शुक्रबार, १३ पुस २०८०, ११ : ४७ मा प्रकाशित

एनआईसी एसिया लघुवित्तले सेयरधनीको खातामै पठायो नगद लाभांश, नआए के गर्ने ?

एनआईसी एसिया लघुवित्तले घोषणा गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा सिधै जम्मा गरिदिएको छ ।

कम्पनीले आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मङ्सिर २५ देखि पुस ३० गतेसम्म बुक क्लोज गरेको थियो अर्थात पुस २४ सम्म कायम सेयरधनीले मात्र लाभांश पाएका हुन् । लघुवित्तले पुस ६ गते सुनसरीको चतरा लाइनस्थित गोर्खा होटलमा छैटौं साधारणसभाको पनि सम्पन्न गरिसकेको छ ।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैक / वित्तीय संस्थाको खाता अध्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता भएको बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका शेयरधनीहरुले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अध्यावधिक गराई लाभांश प्राप्त गर्नसक्ने लघुवित्तले जनाएको छ ।

यसैगरी वित्तीय संस्थाको शेयर मङ्सिर २४ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पछि मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गरेमा शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् बैंक खातामा नगद लाभांश जम्मा गरिने पनि लघुवित्तले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको