Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको हकप्रदको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् हकप्रद सेयर ?

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १० : २१ मा प्रकाशित

सिंगटी हाइड्रोको हकप्रदको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् हकप्रद सेयर ?

सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरको लागि बुक क्लोज मिति तय गरेको छ । 

पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ । अर्थात पुस २१ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

हाइड्रोले हाल जारी पुँजीको १:१ अनुपातमा एक करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । १०० रुपैयाँ अङ्कित उक्त परिमाणको हकप्रद जारी गरी कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ पुँजी सङ्कलन गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको