Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका तीन कम्पनीको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १६ : ५९ मा प्रकाशित

नेप्सेका तीन कम्पनीको बोनस पछि मूल्य समायोजन

नेप्सेमा सूचीकृत तीन कम्पनीले घोषणा गरेको बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीमा छिमेक लघुवित्त, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।

नयाँ समायोजित मूल्य अनुसार अब मङ्गलबार छिमेक लघुवित्तको सेयर कारोबार ८६५.७१ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ९०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी गरिमा विकास बैंकको मङ्गलबार सेयर कारोबार ३७४.४३ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ४१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ९.५ प्रतिशत बराबरको बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्दैछ ।

लुम्बिनी विकास बैंकको भोलि सेयर कारोबार ३८६.५४ रुपैयाँमा खुल्ने भएको छ । आज उक्त कम्पनीको प्रति सेयर ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ४ प्रतिशत बराबरको बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ सबै कम्पनीहरुले आगामी कारोबार मिति पुस १७ गते बुकक्लोज गर्दैछन् । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको