Like us!
Follow us!
Connect us!
Watch us!

मित्रमिलन सहकारी ठगी प्रकरणमा सहकारी अध्यक्षसहित ६ जना जेल चलान

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १९ : २९ मा प्रकाशित

मित्रमिलन सहकारी ठगी प्रकरणमा सहकारी अध्यक्षसहित ६ जना जेल चलान

कास्कीको मित्रमिलन सहकारी ठगी प्रकरणमा सहकारीका सञ्चालक तथा अध्यक्षसहित ६ जना जेल चलान भएका छन् ।

निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको कसुरमा उनीहरुलाई जेल चलान गरिएको हो । जेल चलान हुनेमा सहकारीका अध्यक्ष तथा सञ्चालक ३२ वर्षीय रमण पौडेल, सहकारीका कार्यकारी अधिकृत २८ वर्षीय किरण अधिकारी, ३९ वर्षीय राजु बराल र ४२ वर्षीय बुद्धिसागर पौडेल रहेका छन् ।

यसैगरी पर्वतको कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यारत ५२ वर्षीय उदय बहादुर पराजुली र ३५ वर्षीय गोपाल खनाल पनि कारागार चलान भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको