Like us!
Follow us!
Connect us!
Watch us!

यस आवमा ९५ अर्बको प्रस्तावित लगानीमा दर्ता भए एक सय ७२ उद्योग, साढे १२ हजार रोजगारी सिर्जना हुने

अर्थ संसार

विहीबार, १९ पुस २०८०, १५ : ४३ मा प्रकाशित

यस आवमा ९५ अर्बको प्रस्तावित लगानीमा दर्ता भए एक सय ७२ उद्योग, साढे १२ हजार रोजगारी सिर्जना हुने

यस आर्थिक वर्षको मङ्सिर महिनासम्म ९५ अर्बको प्रस्तावित लगानीमा एक सय ७२ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार एक सय ३७ साना, १४ मझौला र २१ ठूला उद्योग गरि कुल एक सय ७२ उद्योग दर्ता भई ९४ अर्ब ९३ करोड बराबरको लगानी प्रस्ताव गरिएको छ । ती उद्योगहरुमा २०.६ अर्ब बराबरको विदेशी लगानी गर्न एक सय ९९ स्वीकति जारी भएको छ ।

प्रस्तावित विदेशी लगानीका परियोजनाहरुमा १० हजार एक सय २० जनालाई रोजगारी सिर्जना हुने जनाइएको छ । कुल परियोजनाहरुमा भने १२ हजार सात सय ६७ जनाले रोजगारी पाउनेछन् । यस अवधिमा एक प्याटेन्ट तथा २१३८ ट्रेडमार्क दर्ता भएका छन् भने ८ परियोजनाले प्रारम्भिक वातावरणीय परीक्षण गराएका छन् ।

यस आर्थिक वर्षमा कुल २०० साना उद्योग, ८५ मझौला उद्योग र ८० ठूला उद्योग गरि कुल ३६५ उद्योग दर्ता गर्ने विभागको लक्ष्य रहेको छ । साना उद्योगको लक्ष्य सजिलै पूरा हुने देखिएपनि ठूला र मझौला उद्योगको लक्ष्य भने पूरा हुन मुस्किल पर्ने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको