Like us!
Follow us!
Connect us!
Watch us!

वर्णबास म्युजियम होटलले आईपीओ निष्कासनको प्रस्तावसहित पहिलो वार्षिक साधारणसभा बोलायो

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, ०८ : ३९ मा प्रकाशित

वर्णबास म्युजियम होटलले आईपीओ निष्कासनको प्रस्तावसहित पहिलो वार्षिक साधारणसभा बोलायो

वर्णबास म्युजियम होटल लिमिटेडले पुस २९ गते पहिलो वार्षिक साधारण सभा (AGM) आयोजना गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ।

कम्पनीको सञ्चालक समितिले पुस ७ गते बालुवाटारस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा उक्त सभा बिहान ९ बजे बस्ने निर्णय गरेको हो।

सभामा, कम्पनीको पूँजी संरचनाअनुसार प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अनुमति दिने प्रस्ताव अघि आउनेछ।

यसका साथै, कम्पनीले नयाँ सञ्चालकको निर्वाचन, प्रबन्धपत्र र नियमावलीमा संशोधन, गत आवको वित्तीय विवरण पारित गर्ने, र चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको