Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अधिकारीको शैक्षिक योग्यता प्रकरण : माघ ९ मा पूर्ण सुनुवाइ हुने

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, ०९ : २१ मा प्रकाशित

गभर्नर अधिकारीको शैक्षिक योग्यता प्रकरण : माघ ९ मा पूर्ण सुनुवाइ हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटको माघ ९ गते पूर्णसुनुवाइ हुने भएको छ ।

पुस १३ गते सर्वोच्चमा बसेको न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको हो ।

आदेशमा भनिएको छ,'गभर्नरलाई सो पदमा नियुक्ति बदरको अन्तरिम आदेश माग गरेको देखियो। सो सम्बन्धमा पूर्ण सुनुवाईका समयमा निरोपण हुनुपर्ने प्रकृतिको देखिएकोले मिति २०८०/१०/०९ गतेको पेशी तोकी सोही पदमा आफूलाई निलम्बन गरेको सम्बन्धमा प्रस्तुत निवेदनका विपक्षी महाप्रसाद अधिकारीले दायर गरेको ०७८-WO-१२१५ को रिट निवेदन समेत साथै राखी नियमानुसार पेश गर्नू ।.

राष्ट्र बैंक ऐनले स्नातकोत्तर उपाधी प्राप्त व्यक्तिमात्रै राष्ट्र बैंकको गभर्नर हुनसक्ने व्यवस्था रहेकले हालका गभर्नर महाप्रसाद अधिकारी उक्त गभर्नर बन्न नसक्ने रिट निवेदकको दाबी रहेको छ ।

659779460721f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको