Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले प्रभावित अप्पर हेवाखोलाबाट विद्युत उत्पादन सुचारु

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १० : ३४ मा प्रकाशित

बाढीले प्रभावित अप्पर हेवाखोलाबाट विद्युत उत्पादन सुचारु

गत असार २ गते आएको बाढीले क्षतिग्रस्त भएको अप्पर हेवाखोला आयोजनाको पुनर्निर्माणपश्चात् विद्युत आपूर्ति सुचारु भएको छ ।

८.५ मेगावाटको उक्त आयोजनामा असार २ गतेको बाढीले व्यापक क्षति पुर्याएको थियो । इप्पानका अनुसार बाढीले उक्त आयोजनामा ५० करोड बराबरको क्षति गरेको थियो । करिब साढे ६ महिनासम्म उत्पादन बन्द भएको उक्त योजनाबाट पुस १९ गतेदेखि विद्युत उत्पादन सुचारु भएको जनाइएको छ ।

आयोजनाले प्रसारण लाइन, इन्टेकको वाइपास क्यानल र कनेक्टिङ पाइप पुनर्निर्माण गरि पावरहाउस तथा स्वीचयार्डमा जडित विद्युतीय उपकरणको परीक्षण पछि १९ गते साँझ ७:२५ बजेदेखि विद्युत उत्पादन थालेको जानकारी दिएको छ । बाढीले सञ्चालनमा रहेका १३ तथा निर्माणाधीन १७ योजनामा व्यापक क्षति पुर्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको