Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो सर्किटसँगै हिमालयन रिइन्सुरेन्सको आइपिओ भर्ने सर्वसाधारणलाई पाँच हजारसम्म नाफा

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, १४ : १९ मा प्रकाशित

दोस्रो सर्किटसँगै हिमालयन रिइन्सुरेन्सको आइपिओ भर्ने सर्वसाधारणलाई पाँच हजारसम्म नाफा

हिमालयन रिइन्सुरेन्सको आइपिओमा मङ्गलबार दोस्रो सकारात्मक सर्किट लागेसँगै आइपिओ भर्नेहरुले करिब ५ हजार रुपैयाँसम्म नाफा कमाएका छन् ।

आइपिओ बाँडफाँड गर्ने क्रममा सर्वसाधारणलाई न्यूनतम १० कित्ता देखि अधिकतम ३० कित्तासम्म बाँडफाँड भएको थियो । अङ्कित मूल्य एक सयमा एक सय ६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले प्रति कित्ता २०६ रुपैयाँमा आइपिओ जारी गरेको थियो । मङ्गलबार उक्त कम्पनीको प्रतिकित्ता तीन सय ७४ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ ।

प्रतिकित्ता एक सय ६८ रुपैयाँ नाफाका हिसाबले ३० कित्ता आवेदन दिएकाहरुले पाँच हजार ४३ रुपैयाँ नाफा गरेका छन् । यसगरी २० कित्ता आवेदन दिनेहरुले तीन हजार तीन सय ६२ तथा १० कित्ता आवेदन दिनेले एक हजार ६ सय ८१ रुपैयाँ नाफा गरेका हुन् ।

तर सेयर बिक्री नगरेसम्म लाभकर तथा विभिन्न शुल्क नलाग्ने हुँदा माथिको नाफा ग्रस प्रोफिट मात्र हो । खुद नाफा निकाल्न भने सेबोन फी, ब्रोकर कमिशन, पुँजीगत लाभकर घटाउनेपर्ने हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको