Like us!
Follow us!
Connect us!
Watch us!

डेडिकेटेड र ट्रंक लाइन विवाद सुल्झाउन समिति गठन, काटिएका उद्योगको लाइन जोडिने

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, १८ : ०६ मा प्रकाशित

डेडिकेटेड र ट्रंक लाइन विवाद सुल्झाउन समिति गठन, काटिएका उद्योगको लाइन जोडिने

सरकारले मन्त्रीपरिषद्को बैठकबाट डेडिकेटेड र ट्रंक लाइन विवाद सुल्झाउन समिति गठन गर्दै हालका लागि लाइन काटिएका उद्योगमा फेरि लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

आज भएको बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । यसैगरी लाइन काटिएका २४ उद्योगमा विद्युत सुचारु गर्न पनि प्राधिकरणलाई निर्देशन दिइएको छ ।

डेडिकेटेड र ट्रंक लाइन विद्युत् सुविधाको महसुलका बारे अब समितिको अध्ययन र निष्कर्ष बमोजिम नै हुने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको