युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ कोलागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।
सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै संचालक समितिमा सर्वसाधारण शेयरधनीबाट कोहपुर बाँकेका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।
संस्थापक सेयरधनीहरुले राखेका जिज्ञासालाई सभाध्यक्ष शिव बहादुर चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहितले सहज भाषामा स्पष्ट परेका थिए । पाँचौ साधारण सभामा ६२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो । साधारण सभा युनिक वित्तीय संस्थाका अध्यक्षशिव बहादुर चौधरीको सभाध्यक्षतामा भएको थियो । हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी रु.१४ करोड ८५ लाख ७५ हजार रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस