Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार

अर्थ संसार

विहीबार, २६ पुस २०८०, १५ : ४१ मा प्रकाशित

सिटिजन लाइफको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको ५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ४७१.८१ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको अन्तिम कारोबार ४९५.४० रुपैयाँमा भएको थियो ।

कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले लाभांश र तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर पुस २७ शुक्रबार कारोबार नहुने, पुस २८ शनिबार भएकोले आजसम्म कायम सेयरधनीहरुले मात्र घोषणा गरेको लाभांश पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको