Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकले पनि घटायो माघ महिनाका लागि ब्याजदर

अर्थ संसार

आइतबार, २९ पुस २०८०, ०८ : ०९ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकले पनि घटायो माघ महिनाका लागि ब्याजदर

लक्ष्मी सनराइज बैंकले माघ महिनाका लागि ब्याजदर घटाउँदै नयाँ दर सार्वजनिक गरेको छ । ।

माघ १ देखि लागु ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।पुस महिनामा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तय गरेको थियो। 


बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तय गरेको छ । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । पुसमा बैंकको  संस्थागततर्फ ७.५० प्रतिशत, व्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर राखेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको