Like us!
Follow us!
Connect us!
Watch us!

कछुवा गतिमा लक्ष्मी सनराइज क्यापिटलको कामकारबाही, पिडित बने माथिल्लो तामाकोशीका लगानीकर्ता

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, ०८ : ५२ मा प्रकाशित

कछुवा गतिमा लक्ष्मी सनराइज क्यापिटलको कामकारबाही, पिडित बने माथिल्लो तामाकोशीका लगानीकर्ता

माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर लिलामी मार्फत बाँडफाँड भएको एक महिना बढी बितिसक्दा पनि कम्पनीको हकप्रद सेयर सूचीकृत हुन सकेको छैन ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल ढिला सुस्ती गतिविधिका कारण पनि लगानीकर्ताहरु पिडित बन्न पुगेका छन्। 

गत माघ १७ गते बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिलामी सेयर बाँडफाँड गरेको थियो । तर बाँडफाँडको एक महिना बित्दा पनि सेयर सूचीकृत हुन नसक्दा लगानीकर्ताको साढे दुई अर्ब भन्दा बढी रकम लामो समय फ्रीज हुन पुगेको हो । 

यसबारे बिक्री प्रबन्धकलाई सम्पर्क गर्दा सूचीकरणको प्रक्रिया सिडिएससीसम्म पुगेको जानकारी प्राप्त भएको छ । यस हकप्रदमा बिक्री प्रबन्धकको निकै कमजोर कार्यसम्पादन लगानीकर्ताले महसुस गरेका छन् ।

बिक्री प्रबन्धकको कमजोर व्यवस्थापन तुलना गरेरै हेर्ने हो भने पनि माथिल्लो तामाकोशीको लिलामी सेयरमा आवेदन बन्द भएको करिब १० दिनपछि घलेम्दी हाइड्रोले पनि नबिकेको हकप्रद सेयर लिलामीका लागि आवेदन माग गरिएको थियो । उक्त सेयरको सम्पूर्ण लिलामी प्रक्रिया सकेर सेयर बाँडफाँड भई गत फागुन १० गते नै दोस्रो बजारमा सूचीकृत गरि कारोबारसमेत भइसकेको छ ।

माथिल्लो तामाकोशीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्य सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो । लिलामी सेयरको कटअफ मूल्य १४७ रुपैयाँ कायम भएको क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको