Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीले हकप्रद निष्काशनको लागि तोक्यो बुक क्लोज मिति

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, २१ : ३२ मा प्रकाशित

अरुण भ्यालीले हकप्रद निष्काशनको लागि तोक्यो बुक क्लोज मिति

अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीको आज बसेको संचालक समितले हकप्रद निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

अर्थात अर्थात माघ १४ गते नेपाल स्टक एक्सचेन्ज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हक्र्प्रदमा आवेदन दिन सक्ने छन्  । 

नेपाल धितोपत्र बोर्डले अरुण भ्यालीलाई कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्न पुस १९ गते हकप्रद निष्काशन अनुमति दिएको हो ।त्यो संगै कम्पनीले बुक क्लोज मिति तय गरेको हो। कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता सेयर बराबरको हकप्रद निष्काशन गर्ने छ । 

हकप्रदको बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको