Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको प्रदर्शन झनै खस्कियो, अधिकांश सूचकमा गिरावट

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, ०८ : २० मा प्रकाशित

माछापुच्छ्रे बैंकको प्रदर्शन झनै खस्कियो, अधिकांश सूचकमा गिरावट

माछापुच्छ्रे बैंकले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । माछापुच्छ्रे  वाणिज्य बैंकहरुमा दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बनेको हो। तर बैंकको यस त्रैमासमा सूचकहरु सुधार देखिएका छैनन् ,अझ खस्केका छन्। 

सूचक 

खुद नाफा 
दोस्रो त्रैमास सम्म बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा मात्र आर्जन गरेको छ। गत वर्ष यसै अवधिसम्म बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन २१.४५ प्रतिशतले कम रहेको छ।  

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी घटेको छ। यस त्रैमास सम्म बैंकले केबल २ अर्ब ६३ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले  २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याक आम्दानी गरेको थियो। यस सूचक पनि ५.५६ प्रतिशतले घटेको देखिन्छ। 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म सम्म १ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो। अहिले १३.१९ प्रतिशतले घटेको छ।

खराब कर्जा अनुपात (एनपील)
बैंकको खराब कर्जा अनुपात (एनपील) बढेको छ।  यस त्रैमास सम्म बैंकको खराब कर्जा २.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल १.४१ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा २३ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यहि अवधि सम्म ३० करोड ४२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

निक्षेप संकलन र कर्जा लगानी 

बैंकल १ खर्ब ५२ अर्ब रुपैयाँको निक्षेप संकलन गरेर र  १ खर्ब २९ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी
११ अर्ब ६२ करोड रुपैयाँ 

रिजर्भ
५ अर्ब ४४ करोड रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ४१ करोड रहेको )

वितरणयोग्य मुनाफा
२४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक 

प्रति सेयर आम्दानी (ईपीएस)
१३.८६ रुपैयाँ (अघिल्लो वर्ष ईपीएस १७.६४ रुपैयाँ रहेको )

पीई रेसियो
१४.६५ गुणा 

प्रति सेयर नेटवर्थ
१४५ रुपैयाँ रहेको 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको