Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानले हवाई हमला गरेपछि इरानसँग तनाव बढ्दै

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, १३ : ५६ मा प्रकाशित

पाकिस्तानले हवाई हमला गरेपछि इरानसँग तनाव बढ्दै

पाकिस्तानले इरानमा हवाई हमला गरेपछि दुई देशबीचको तनाव चुलिँदै गएको छ ।

नौ जनाको ज्यान जानेगरि पाकिस्तानले इरानमा आक्रमण गरेपछि दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको हो । यसअघि मङ्गलबार इरानले पाकिस्तानमा हवाई हमला गर्दा दुई बालबालिकाको मृत्यु भएको थियो भने कैयौं मानिस घाइते भएका थिए । दुवै देशले एक अर्काको भूमिमा हवाई हमला गरे पनि एकै लडाकु समूहलाई आक्रमण गरेको जनाएका छन् ।

दुई देशबीच नौ सय किलोमिटर लामो सीमा रहेको छ । सोही सीमा क्षेत्रमा पर्ने इरानको बलुचिस्तान र सिस्टन तथा पाकिस्तानको बलुचिस्तानमा स्वतन्त्र बलुच राज्यको माग गर्दै बलुच लडाकुहरुले विद्रोह गर्दै आएका छन् । बलुच लडाकुले दुवै देशको राज्य संयन्त्रमाथि हमला गर्दै आएका छन् भने इरानले पाकिस्तानलाई तथा पाकिस्तानले इरानलाई बलुच लडाकुलाई प्रश्रय दिँदै आएको आरोप लगाउँदै आएका छन् ।

मुस्लिम सिया समुदायको वर्चस्व रहेको इरान र सुन्नी समुदायको बाहुल्य रहेको पाकिस्तानबीच बलुच लडाकुको नाममा तनाव बढ्दै जाँदा चीन, युरोपियन युनियन, अमेरिका लगायतले भने दुवै पक्षलाई संयम कायम राख्न आह्वान गरेका छन् । मङ्गलबारको हमला पछि पाकिस्तानले इरानबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो भने बिहीबारको हमला पछि पकिस्तानसँग इरानले तुरुन्त जवाफ माग गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको