Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेयरमेन्ट चार्ज चुलिँदा मञ्जुश्री फाइनान्सको नाफामा भारी गिरावट, वितरणयोग्य मुनाफा ऋणात्मक

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, ०९ : ४२ मा प्रकाशित

इम्पेयरमेन्ट चार्ज चुलिँदा मञ्जुश्री फाइनान्सको नाफामा भारी गिरावट, वितरणयोग्य मुनाफा ऋणात्मक

मञ्जुश्री फाइनान्सले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इम्पेयरमेन्ट चार्जमा उछाल आउँदा फाइनान्सको नाफामा पहिरो गएको छ भने नाफामा उल्लेख्य गिरावट आउँदा कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक हुन पुगेको छ ।

खुद नाफा

दोस्रो त्रैमासमा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ ।  फाइनान्सले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्म फाइनान्सले १३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन ३२.४ प्रतिशतले कम हो ।  

खुद ब्याज आम्दानी

फाइनान्सको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ । यस त्रैमास सम्म कम्पनीले ३७ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३२ करोड ४७ लाख खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक १५ प्रतिशतले बढेको देखिन्छ । 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म सम्म ३१ करोड ८९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा ३५ करोड २१ लाख रुपैयाँ रहेको थियो। अहिले ९.४२ प्रतिशतले घटेको छ।

खराब कर्जा अनुपात (एनपील)
फाइनान्सको खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ । यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ३.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल २.०२ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा ९ करोड ८३ लाख रुपैयाँ  छुट्याएको छ । यसमध्ये ८ करोड ८८ लाख यसै त्रैमासमा छुट्टाइएको हो । अघिल्लो वर्ष यहि अवधिसम्म २३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी 

कम्पनीले १४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेर र १२ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष फाइनान्सले १२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब २९ करोड कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी
१३ अर्ब ५१ करोड रुपैयाँ

रिजर्भ
२ करोड ५६ लाख रुपैयाँले ऋणात्मक (अघिल्लो वर्ष रिजर्भमा ७ करोड ९४ लाख रहेको )

वितरणयोग्य मुनाफा
 २ करोड ५६ लाख  रुपैयाँले ऋणात्मक 

प्रति सेयर आम्दानी (ईपीएस)
१५.६१ रुपैयाँ 

पीई रेसियो
३४.२१ गुणा

प्रति सेयर नेटवर्थ
१५४.२७ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको