Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकलाई पनि एनपिएलकै सकस, वितरणयोग्य मुनाफा ऋणात्मक

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १० : २० मा प्रकाशित

एनएमबि बैंकलाई पनि एनपिएलकै सकस, वितरणयोग्य मुनाफा ऋणात्मक

एनएमबि बैंकले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफामा गिरावट आएको छ भने कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक हुन पुगेको छ ।

खुद नाफा

दोस्रो त्रैमासमा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ ।  बैंकले यस आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकले एक अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन २७.४७ प्रतिशतले कम हो ।  

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ । यस त्रैमास सम्म कम्पनीले ३ अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब २६ करोड खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक १२.४ प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म सम्म ४ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा ५ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले ९.२१ प्रतिशतले घटेको छ ।

खराब कर्जा अनुपात (एनपील)
बैंकको खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ । यस त्रैमास सम्म कम्पनीको खराब कर्जा २.८६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल २.२४ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा ९५ करोड ७६ लाख रुपैयाँ  छुट्याएको छ । यसमध्ये ४७ करोड ७४ लाख यसै त्रैमासमा छुट्टाइएको हो । अघिल्लो वर्ष यहि अवधिसम्म ६२ करोड १९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी 

कम्पनीले २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर र १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले यसै अवधिसम्म २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी
१८ अर्ब ३६ करोड रुपैयाँ

रिजर्भ
१० अर्ब ५५ करोड रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब ९२ करोड रहेको )

वितरणयोग्य मुनाफा
९९ करोड ४८ लाख रुपैयाँले ऋणात्मक 

प्रति सेयर आम्दानी (ईपीएस)
१४.९८ रुपैयाँ 

पीई रेसियो
१३.४८ गुणा

प्रति सेयर नेटवर्थ
१५२.०६ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको