Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुरबाट अयोध्या जान लागेको रेललाई भारतले रोक्यो

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १३ : ०६ मा प्रकाशित

जनकपुरबाट अयोध्या जान लागेको रेललाई भारतले रोक्यो

भारतको अयोध्यामा भोलि सोमबार हुने राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन जनकपुरबाट जान लागेको रेललाइ भारतले अनुमति दिन अस्वीकार गरेको छ ।

प्राणप्रतिष्ठाका अवसरमा विशेष रेल सेवामार्फत भक्तजनहरु लिएर २० बोगीको रेल जाने तयारी गरिएको थियो । त्यसका लागि शनिबार नै टिकटसमेत काटिएपनि भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै उक्त रेल यात्रालाई स्वीकृति नदिएको जनाइएको छ । उक्त रेल आज बिहान ६ बजे त्यसतर्फ प्रस्थान गर्ने जनाइएको थियो ।

भगवान रामको जन्मभुमि मानिने अयोध्या नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा पर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको