Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले पायो निमित्त अध्यक्ष

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १६ : २२ मा प्रकाशित

धितोपत्र बोर्डले पायो निमित्त अध्यक्ष

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीले पाएका छन् । 

आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई निमित्त अध्यक्षको प्रदान गरेको हो । गत पुस २० मा तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन रहेको छ ।

बोर्डमा नेतृत्व नहुँदा बोर्डको दैनिक काम नै प्रभावित हुँदै आएको छ । बोर्डको अध्यक्ष छनोटका लागि भने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको