एनएलजी इन्स्योरेन्सले आफ्नो १८ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ ।
माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ३ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारणसभा प्रयोजनार्थ माघ २५ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात माघ २४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस