Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी विकास बैंकको नाफामा गिरावट, एनपिएल भने घटाउन सफल

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, ११ : ४५ मा प्रकाशित

मितेरी विकास बैंकको नाफामा गिरावट, एनपिएल भने घटाउन सफल

मितेरी विकास बैंकले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीको नाफामा सामान्य गिरावट भएपनि बैंकले एनपिएल र इम्पेयरमेन्ट चार्ज घटाउन सफल भएको छ ।

खुद नाफा

दोस्रो त्रैमासमा कम्पनीको खुद नाफामा सामान्य गिरावट भएको देखिन्छ ।  फाइनान्सले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड ८८ लाख नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म फाइनान्सले ५ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । जुन १७.२९ प्रतिशतले कम हो ।  

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ । यस त्रैमास सम्म कम्पनीले १३ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १८ करोड १८ लाख खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक २६.७५ प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म सम्म १२ करोड ८२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा १५ करोड २७ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले १६.०४ प्रतिशतले घटेको छ ।

खराब कर्जा अनुपात (एनपिएल)
बैंकको खराब कर्जा अनुपात (एनपिएल) मा सुधार आएको छ । यस त्रैमास सम्म कम्पनीको खराब कर्जा २.७४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल २.८६ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
यस त्रैमाससम्म इम्पेयरमेन्ट चार्जका रुपमा एक करोड ५८ लाख रुपैयाँ छुट्याएको छ । यस त्रैमासमा इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाइएको ७८ लाख रिभर्सल भएको हो । अघिल्लो वर्ष यहि अवधिसम्म तीन करोड ८६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी 

बैंकले ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेर र ३ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले यसै अवधिसम्म ६ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी
१ अर्ब ११ करोड रुपैयाँ

रिजर्भ
३३ करोड २४ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा २९ करोड ९० लाख रहेको )

वितरणयोग्य मुनाफा
४ करोड ८७ लाख रुपैयाँ 

प्रतिसेयर आम्दानी
८.७९ रुपैयाँ 

पीई रेसियो
४७.१९ गुणा

प्रतिसेयर नेटवर्थ
१३४.२९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको