Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोको नगद लाभांश सेयरधनीको बैंक खातामा

अर्थ संसार

बुधबार, १० माघ २०८०, १० : ११ मा प्रकाशित

चिलिमे हाइड्रोको नगद लाभांश सेयरधनीको बैंक खातामा

चिलिमे जलविद्युत कम्पनीले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।

सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा पुस २९ गते देखि नै लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।

हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हिग्राही खाता खोली सेयर अभौतिकीकरण गराएर लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । पुस २० को साधारणसभाबाट कम्पनीले लाभांश  प्रस्ताव पारित गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको