Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

शुक्रबार, १२ माघ २०८०, १२ : ०३ मा प्रकाशित

बाराही हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बाराही हाइड्रोपावरले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो हालको चुक्ता पुँजी २५ करोडको शतप्रतिशतले हुन आउने एक सय रुपैयाँ अङ्कित २५ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले आफ्नो ५१ प्रतिशत सेयर स्वामित्व रहने ३.४५ मेगावाटको सिम्कोस खोला जलविद्युत आयोजना र आफ्नै  स्वामित्वमा रहेको ०.७५ मेगावाटको लोअर ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना निर्माणको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

यसैगरि हकप्रदबाट उठेको १० करोड ९० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ । कम्पनीले १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको