Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १६ : १५ मा प्रकाशित

अरुण भ्याली हाइड्रोको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार

अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर १९०.१० रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको अन्तिम कारोबार २८०.२० रुपैयाँमा भएको थियो । कम्पनीले हालको चुक्तापुँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँको शतप्रतिशत अर्थात एक सय रुपैयाँ अङ्कित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हाइड्रोले हकप्रद प्रयोजनार्थ माघ १५ गते बुकक्लोज तोकेको छ ।  यसर्थ आज माघ १४ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीले घोषणा गरेको हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् । कम्पनीले लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न तथा काबेली-१ क्यास्केट आयोजना निर्माण गर्दाको कम्पनीको ऋण चुक्ता गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको