Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको हकप्रदका लागि बुक क्लोज मिति तय

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १६ : ४९ मा प्रकाशित

रिडी पावरको हकप्रदका लागि बुक क्लोज मिति तय

रिडी पावर कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि बुक क्लोज मिति तय भएको छ ।

कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको १:०५ अनुपातको हकप्रद सेयरका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । अर्थात माघ २१ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । कम्पनीले त्यसको ५० प्रतिशत अर्थात एक सय रुपैयाँँ अङ्कित ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद जारी पछि रिडी पावरको चुक्ता पुँजी दुई अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ ।

हकप्रदबाट उठेको पैसा कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने जनाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको