Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १० : ४६ मा प्रकाशित

नेरुडे लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते मोरङको विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ २४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात माघ २३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको