Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १६ : ५४ मा प्रकाशित

राप्ती हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

राप्ती हाइड्रोपावरले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो हालको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार आठ सय रुपैयाँको शतप्रतिशतले हुन आउने एक सय रुपैयाँ अङ्कित ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।

कम्पनीले ५ मेगावाटको रुकुमगढ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको