Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ लगातार उकालो लाग्दै, चाँदी पनि महङ्गियो

अर्थ संसार

शुक्रबार, १९ माघ २०८०, १३ : १८ मा प्रकाशित

सुनको भाउ लगातार उकालो लाग्दै, चाँदी पनि महङ्गियो

सुनको भाउ लगातार पाँचौ दिन पनि बढ्दा चाँदीको मूल्य पनि महङ्गिएको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । लगातार पाँच दिनसम्म बढेको सुनको भाउ यस अवधिमा प्रति तोला १५ सय रुपैयाँले महङ्गिएको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको