Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नै इतिहास भुलेको नेपाल लाइफ इन्स्योरेन्स !

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ०७ : १५ मा प्रकाशित

आफ्नै इतिहास भुलेको नेपाल लाइफ इन्स्योरेन्स !

एउटा समय थियो नेपाल लाइफ इन्स्योरेन्स भन्ने बितिक्कै धेरैले एक्दमै राम्रो कम्पनी भन्ने गर्दथे। यस कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफुलाई गौरवान्वित सोच्ने गर्थे। 

एक दशक अगाडी कम्पनीको पनि प्रदर्शन एक्दमै अब्बल थियो। कति सम्म भने कम्पनीले गरेको राम्रो प्रदर्शनबाट कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०६८/६९ मा १२६.३१ प्रतिशत लाभासं प्राप्त गरेका थिए। 

त्यसपछिका वर्षहरुमा पनि एकपछि व्यवस्थापनले उत्कृष्ट प्रदर्शन गर्दा कम्पनीका सेयरधनी हर्षित थिए। आकर्षक कमाईका कारण कम्पनीको तुलना नेपालका सबै भन्दा राम्रा कम्पनीहरु संग हुने गर्थ्यो। 

कम्पनीको आर्थिक वर्ष २०६८/०६९ देखि २०७५/७६ सम्मको लाभासं इतिहास 

अहिले भने त्यसबेला स्थापित नेपाल लाइफको अत्यासलाग्दो ओरालो यात्राबाट लगानीकर्ता अत्तालिएका छन् । अझ कम्पनीले केहि हप्ता अगाडी आफ्नो इतिहास मै पहिलो पटक लाभांस दिन नसक्ने भनेर घोषणा पछि यस कम्पनीका लगानीकर्ताले कम्पनी व्यवस्थापन प्रति आक्रोशित छन्। 

यस कम्पनीका लगानीकर्ताले पछिल्ला वर्षहरुमा दोस्रो बजारमा पनि धेरै नै घाटा खाएका छन्। कम्पनीको वित्तीय प्रदर्शनले पनि लगानीकर्ता सन्तुष्ट बन्न सकेका छैनन्। 

विगतका केहि वर्षमा कम्पनीको लाभासं कम कम हुदैँ दिन नसक्नेमा पुग्दा कम्पनीको मुल्यमा पनि भारी गिरावट आएको छ। कम्पनीका वित्तीय सूचक कमजोर माथि कमजोर बन्न पुगेका छन्। 

अर्को तर्फ नेपाल लाइफको संस्थागत सुशासनको अझ फितलो हुदैँ गएको छ। बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि पटक पटक कम्पनीलाई कारबाही गरिसकेको छ। 

तसर्थ,लगानीकर्ता र ग्राहकहरुको विश्वास गुम्दै गएको नेपाल लाइफले अबका दिनमा व्यवसाय वृद्धि गर्दै जानुको विकल्प देखिदैन। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको