Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १५ : १८ मा प्रकाशित

रिडी पावरको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार

रिडी पावर कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर २१६.६७ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको अन्तिम कारोबार २७५ रुपैयाँमा भएको थियो ।

कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । कम्पनीले त्यसको ५० प्रतिशत अर्थात एक सय रुपैयाँँ अङ्कित ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद जारी पछि रिडी पावरको चुक्ता पुँजी दुई अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ ।

हकप्रदबाट उठेको पैसा कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने जनाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

हाइड्रोले हकप्रद प्रयोजनार्थ माघ २२ गते बुकक्लोज तोकेको छ ।  यसर्थ आज माघ २१ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीले घोषणा गरेको हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको