Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

अर्थ संसार

सोमबार, २२ माघ २०८०, १० : ११ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सयको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ बराबर नगद लाभांश करसहित गरी वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको