Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानीमा बढेपनि हिमालयन हाइड्रोपावर घाटामा

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १० : ३९ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानीमा बढेपनि हिमालयन हाइड्रोपावर घाटामा

हिमालयन हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानीमा वृद्धि भएपनि कम्पनीले ८६ लाख घाटा बेहोरेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा व्यापक गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा ८६ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ६ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७ करोड ६ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ३ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ८६ लाख २४ हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (०.७९) रुपैयाँ (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : (४३१.६७) गुणा (अन्तिम मूल्य ३४० रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ७३.४१ रुपैयाँ

चुक्ता पूँजी : १ अर्ब ९.५ करोड रुपैयाँ

जगेडा कोष : २९ करोड ११ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले १२ मेगावाटको नामार्जुन मादी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको