Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत नियमन आयोगले दियो युनाईटेड मोदीलाई हकप्रद निष्कासनको पूर्व स्वीकृति

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १२ : ०१ मा प्रकाशित

विद्युत नियमन आयोगले दियो युनाईटेड मोदीलाई हकप्रद निष्कासनको पूर्व स्वीकृति

विद्युत नियमन आयोगले युनाईटेड मोदी हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनको पूर्व स्वीकृति प्रदान गरेको छ ।

कम्पनीले हालको चुक्तापुँजीको शतप्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनका लागि साधारणसभामा प्रस्ताव पेश गर्नका लागि आयोगसँग पूर्व स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब २३ करोड पाँच लाख रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी दुई अर्ब ४६ करोड १० लाख पुग्नेछ ।

कम्पनीले हकप्रदबाट उठेको पैसा आफू प्रबर्द्धक रहेको ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । साधारणसभाबाट पारित भई धितोपत्र बोर्डबाट पनि अनुमति पाएपछि कम्पनीले हकप्रद सेयर जारी गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको