Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय र प्रशासनिक खर्च बढ्दा बुद्धभुमि हाइड्रोको नाफामा भारी गिरावट

अर्थ संसार

विहीबार, २५ माघ २०८०, ११ : ५८ मा प्रकाशित

वित्तीय र प्रशासनिक खर्च बढ्दा बुद्धभुमि हाइड्रोको नाफामा भारी गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढेपनि वित्तीय र प्रशासनिक खर्च बढ्दा कम्पनीको नाफामा भारी गिरावट आएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ३२ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ८४ लाख ५२ हजार  रुपैयाँ रहेको थियो । कम्पनीको नाफा ६१.४ प्रतिशतले घटेको हो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ९ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ८ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ३२ लाख ६२ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : १.६३ रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : २७२.११ गुणा (अन्तिम मूल्य ४४३.९० रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ९१.८३

चुक्ता पूँजी : ४० करोड रुपैयाँ

सञ्चित मुनाफा : ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाटको तल्लो ताडी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको