Like us!
Follow us!
Connect us!
Watch us!

अर्धवार्षिक समिक्षा : व्यावसायिक मनोबलमा क्रमिक सुधार, बैंक तथा वित्तीय संस्थाको कर्जा असूली तथा लगानी क्षमतामा सकारात्मक प्रभाव पर्ने देखिन्छ

अर्थ संसार

सोमबार, २९ माघ २०८०, २० : ४८ मा प्रकाशित

अर्धवार्षिक समिक्षा : व्यावसायिक मनोबलमा क्रमिक सुधार, बैंक तथा वित्तीय संस्थाको कर्जा असूली तथा लगानी क्षमतामा सकारात्मक प्रभाव पर्ने देखिन्छ

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको बताएको छ। 

राष्ट्र बैंकले भनेको छ ,'निक्षेप तथा कर्जाका ब्याजदरहरु घट्दो क्रममा रहेका छन् । शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट व्यावसायिक मनोवलमा क्रमिक सुधार आउँदै गएको छ । बाह्य तथा वित्तीय क्षेत्रको परिदृश्य, नीतिगत कार्यदिशा, पुँजीगत खर्चमा क्रमशः आउने तीव्रता र बजेट बक्तव्यमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी कार्ययोजनाहरुको कार्यान्वयनबाट कर्जा मागका साथै आर्थिक गतिविधिमा पनि क्रमिक सुधार आउने अपेक्षा छ । आर्थिक गतिविधिमा आउने सुधारबाट राजस्व परिचालन र बैंक तथा वित्तीय संस्थाको कर्जा असूली तथा लगानी क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको