Like us!
Follow us!
Connect us!
Watch us!

बाढीको असर अरुण भ्यालीको रिपोर्टमा, खुद नाफा ५०.८८ प्रतिशतले घट्यो

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०९ : ०२ मा प्रकाशित

बाढीको असर अरुण भ्यालीको रिपोर्टमा, खुद नाफा ५०.८८ प्रतिशतले घट्यो

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विद्युत बिक्री आम्दानी 
समिक्षा अवधि सम्ममा कम्पनीको  विद्युत बिक्री आम्दानी घटेको छ। कम्पनी यस अवधिमा केबल ३ करोड २० लाख रुपैयाँ विद्युत बेच्न सफल भएको छ। गत आर्थिक वर्षको यहि  अवधिसम्ममा कम्पनीले १८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो। जुन ८२.४४ प्रतिशत कम हो।

खुद नाफा
विद्युत बिक्री आम्दानी घटे सँगै त्यसको सिधा असर कम्पनीको खुद नाफामा देखिएको छ। कम्पनीको खुद नाफा  २ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ।  गत आर्थिक वर्षको यस अवधि सम्म कम्पनीको खुद नाफा ४ करोड ४३ लाख रहेको थियो। खुद नाफा ५०.८८ प्रतिशत घटेको हो। 

नाफा किन घट्यो ?
कम्पनीको नाफा घट्नुको मुख्य कारण कम्पनीले सञ्चालन गरिरहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनामा बाढीको कारण क्षति हुनाले हो। विद्युत उत्पादन कार्य बन्द भइ हाल मर्मतको अन्तिम चरणमा रहेको छ। 

प्रति सेयर आम्दानी
२ रुपैयाँ ४९ पैसा

प्रति सेयर नेटवर्थ
१०४ रुपैयाँ ४३ पैसा

मूल्य आम्दानी अनुपात
११० रुपैयाँ ३७ पैसा

चुक्ता पूँजी
१ अर्ब ८६ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको