Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १० : ३३ मा प्रकाशित

डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले कुल १०.५२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड ५१ लाख आठ हजार ८१६.६१ रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको