Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

अर्थ संसार

शनिबार, ०५ फागुन २०८०, २० : ५३ मा प्रकाशित

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनबाट सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन्।

हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा यस्तो छुट उपलब्ध हुने उल्लेख गरिएको छ।

यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो। समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्‍सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन्।

बैंक र हेयर एण्ड शान्ति बिच भएको समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्ने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको