Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर अरुण, तामाकोशी पाँचौं र सोनाखोला हाइड्रोलाई जग्गा प्राप्ति गर्न मन्त्रीपरिषद्को स्वीकृति

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १८ : २० मा प्रकाशित

अप्पर अरुण, तामाकोशी पाँचौं र सोनाखोला हाइड्रोलाई जग्गा प्राप्ति गर्न मन्त्रीपरिषद्को स्वीकृति

अप्पर अरुण जलविद्युत आयोजना, तामाकोशी पाँचौं जलविद्युत आयोजना र सोनाखोला हाइड्रो आयोजनालाई विभिन्न प्रयोजनका लागि जग्गा प्रयोग तथा प्राप्ति गर्न मन्त्रीपरिषद्को बैठकले स्वीकृति दिएको छ ।

माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा रहेको राष्ट्रिय वन र संरक्षित वनको २१.२७६ हेक्टर जग्गा प्रयोग गर्न आयोजना प्रबर्द्धक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई स्वीकृति प्रदान गरिएको हो ।

यसैगरी तामाकोशी पाँचौं जलविद्युत आयोजनाको प्रशारण लाइनको टावर निर्माण गर्न दोलखा जिल्लाको बिगु गाउँपालिकामा ०.२९ हेक्टर निजी जग्गा प्राप्ति गर्न पनि बैठकले स्वीकृत दिएको छ । यसैगरी सोनाखोला जलविद्युत आयोजना निर्माणको लागि ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा रहेको राष्ट्रिय वनको ३.६७ हेक्टर जग्गा प्रयोग गर्न पनि मन्त्रीपरिषद्को बैठकले स्वीकृति दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको